आइएमइ ग्रुप अन्तर्गत बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको पोखरास्थित द लेकसाइड रिट्रिटले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुविधा थप गरेको छ।
सुविधा सम्पन्न चार वटा प्रिमियम कटेजसहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताको सेमिनार हल, स्विमिङ पुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायत सुविधा थपिएको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले बताए।
पहिले नै स्विमिङ पुल, स्पा लगायत सुविधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिएको र अन्य आवश्यक सेवाहरू पनि थप्ने क्रममा रहेको रिमालले बताए।
'हरियालीसहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्राकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी छ,' उनले भने।
आइएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले हस्पिटालिटी चेनका रूपमा नेपालका विभिन्न ठाउँमा छिट्टै नयाँ होटल तथा रिसोर्ट सञ्चालनको तयारीमा रहेको बताइएको छ।