चीन सरकारले हिमालय एयरलाइन्सकाे नेपाल-चीन उडान चार साताका लागि रोक लगाएकाे छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिडका कारण चीनले उडानमा राेक लगाएकाे हाे।
अगस्ट २ मा उक्त्त एयरलाइन्समा यात्रा गरेका १५ जना यात्रुलाई कोरोना देखिएपछि उडान बन्द गर्न अनुरोध गरेकाे प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार चीनले अगस्ट २२ देखि लागू हुने गरी उडान बन्द गरिदिएकाे छ।
'काठमाडाैंबाट गएका यात्रुको पिसिआर गर्दा कोरोना देखिएछ। त्यहाँकाे नियमअनुसार एउटा उडानमा १० जनाभन्दा बढीमा कोरोना देखिएपछि चार साता राेक लगाइएकाे हाे,’ उनले भने।
हाल हिमालय एयरलाइन्सकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनकाे कुइमिङ सहरका लागि सातामा एक उडान भइरहेकाे छ।
हिमालय एयरलाइन्सकाे उडान राेकिने भएसँगै प्राधिकरणले एयर चाइनालाई उडान थप्न अनुराेध समेत गरेकाे छ।
'करिब चार साता उडान बन्द हुँदा समस्या हुने भएकाले एयर चाइनालाई उडान थप्न प्राधिकरणले अनुराेध गरेकाे छ,’ सूचना अधिकारी भुलले भने, 'उताबाट सकारात्मक प्रतिक्रिया आएकाे छ।'
एयर चाइनाले चीनकाे छेन्दुबाट नेपालमा साताकाे एक उडान गरिरहेकाे छ।
*सच्याइएको।