सन् २०२२ को अगस्टमा ४१ हजार पर्यटक नेपाल भ्रमणका लागि आएका छन्।
पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङकअनुसार अगस्टमा ४१ हजार ३०४ जना पर्यटक नेपाल भ्रमणका लागि आएका हुन्।
यससँगै सन् २०२२ को आठ महिनामा तीन लाख २२ हजार ४२६ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन्।
यो सिजनमा विगतका वर्षहरूमा पनि भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या कमी हुने गरेको पर्यटन बोर्डले जनाएको छ।
यसअघि सन् २०१९ को अगस्टमा ७३ हजार ८१४ जना पर्यटक घुम्न आएका थिए। त्यसयता कोभिडका कारण सन् २०२० को अगस्टमा ५८४ र सन् २०२१ को अगस्टमा ६ हजार ९३ जना पर्यटक नेपाल घुम्न आएका थिए।
सन् २०१९ को तुलनामा पर्यटक आगमन हाल ५७ प्रतिशतले रिकभर भएको बोर्डले बताएको छ।
त्यस्तै, अगस्टमा नेपाल भ्रमणका लागि आउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्।
भारतबाट १६ हजार १४७, अमेरिकाबाट ४ हजार ६६, बेलायतबाट २ हजार ८२६, बंगलादेशबाट एक हजार ७५१, अष्ट्रेलियाबाट १ हजार २१०, चीनबाट एक हजार २८९ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन्।
कुन महिना कति पर्यटक भित्रिए ?
जनवरी– १६ हजार ९७५
फेब्रुअरी–१९ हजार ७६६
मार्च–४२ हजार ६
अप्रिल–५८ हजार ३४८
मे–५३ हजार ६०८
जुन–४६ हजार ९५७
जुलाई–४४ हजार ४६२
अगस्ट–४१ हजार ३०४