‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने मूल नारासहित आज विश्वभर ४३ औँ पर्यटन दिवस मनाइँदैछ।
यसैबीच ललितपुरमा बृहत् सांस्कृतिक मेला ‘ललित कार्निभल’को आयोजना गरियो। ललितपुर महानगरपालिकाको आयोजनामा भएको महोत्सव पाटन दरबार क्षेत्रमा भएको हो।
मंगलबजार आएका पर्यटकहरूलाई स्वागत गरेर शुरू भएको सांस्कृतिक मेलामा पाँच सय जना भन्दा धेरै कलाकारहरुले परम्परागत संगीत तथा नृत्यको प्रस्तुति गरेका छन्।
हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाउन लागिएको हो। नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको छ।
हेर्नुहोस् केही तस्बिरहरू