हेलिएभरेष्टले नयाँ हेलिकप्टर थपेको छ। पर्यटकीय सिजन सुरू भएसँगै कम्पनीले नयाँ हेलिकप्टर थपेको हो।
एयरबस बीथ्रीई मोडलको नयाँ हेलिकप्टरमा पाइलटसहित छ जनाको क्षमता रहेको हेलिएभरेष्टका सञ्चालक प्रनिश श्रेष्ठले जानकारी दिए।
यसअघि हेलिएभरेष्टसँग दुइवटा हेलिकप्टर सञ्चालनमा छन्।
थपिएको हेलिकप्टरसँगै अब तीनवटा हेलिकप्टरले उडान गर्ने सञ्चालक श्रेष्ठले बताए।
उनकाअनुसार हाल पदयात्रा र पर्वतारोहरणका लागि जानेहरूले हेलिकप्टरको प्रयोग गर्ने गरेका छन्।
यसकारण पनि अघिल्ला दुई वर्षको तुलनामा यसवर्ष सिजन सुरू भएसँगै हेलिकप्टरको माग बढेको उनको भनाइ छ।
सन् २०१६ देखि सञ्चालनमा आएको हेलिएभरेष्टले उच्च हिमाली क्षेत्रमा चार्टर्ड उडान, उद्धार उडान गर्दै आएको छ।