मनास्लु आरोहणका लागि यो सिजनमा ३९ समुहका ४०४ जनाले अनुमति लिएका छन्।
पर्यटन विभागकाअनुसार बिहीबारसम्म ९७ महिला र ३०७ जना पुरूष गरी ४०४ जनाले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन्।
यो सिजनका लागि यो संख्या अन्य हिमाल आरोहणको तुलनामा धेरै हो।
विभागले सार्वजनिक गरेको तथ्याङ्कमा हालसम्म ६८ मुलुकका ९०८ जनाले आरोहण अनुमति लिएका छन्। जसमा २०३ जना महिला र ६९८ जना पुरूष रहेका छन्।
कुल ३४ हिमाल चढ्नका लागि उनीहरूले आरोहण अनुमति लिएका हुन्। मनास्लुपछि हिम्लुङ हिमालका (७,१२६ मिटर) सबैभन्दा धेरै आरोहीहरूको रोजाइमा परेको छ। उक्त हिमाल आरोहरणका लागि १४ आरोही समूहका एक सय ४४ ले आरोहण अनुमति लिएका छन्।
यस्तै, धौलागिरि (८, १६७ मिटर) आरोहणका लागि चार आरोही समूहका ३४, नुप्से (७,८५५) आरोहणका लागि एक समुहका आरोहीले अनुमति लिएका छन्। योसँगै विभिन्न ३४ वटा हिमालका लागि आरोहीहरूले अनुमति लिने क्रम जारी छ।
यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ।