नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋणको किस्ता बुझाएको छ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ७३ करोड नौ लाख ५५ हजार २८१ रूपैयाँ बुझाएको हो।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी खरिदको साँवा र ब्याज बापतको ९३ करोड नौ लाख ५५ हजार २८१ रूपैयाँ बुझाएको छ।
त्यस्तै, वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड रूपैयाँ गरी कुल ७३ करोड ५५ हजार २८१ रूपैयाँ बुझाएको बताएको छ।
कोरोना माहामारीलगायत विविध कारण निगमले तीन वर्षसम्म कोषलाई कुनै पनि किस्ता बुझाउन सकेको थिएन।
तीन वर्षपछि निगमले गत असार ३० गते एक अर्ब ३५ करोड रूपैयाँ दुवै कोषलाई किस्ता बापतको रकम बुझाएको थियो।