नेपालको पूर्वी क्षेत्र भन्ने बित्तिकै हामीलाई राई लिम्बुको किराँत संस्कृति अनि पूर्वेली गीत संगीत र बोलिचाली तथा खानेकुराको झल्को आँछ।
नेपालको हरेक क्षेत्र पर्यटनमा अब्बल छन्, शुन्दर छन्। शहर छोडेर गाउँ पस्दा जहीँ-तहीँ आनन्दको आभाष मिल्छ। तर उचित प्रचार प्रसार र प्रवर्द्धन गर्न नसक्दा धेरै ठाउँहरू मझै ओझेलमा छन्।
पछिल्लो समय पर्यटनमा चासो राख्ने सबैको मनमा बसेको ठाउँ हो-पूर्वी नेपालको मुन्धुम ट्रेल।
जो नामै सुन्दर लाग्छ। भोजपुर, खोटाङ, तेह्रथुम र संखुवासभा क्षेत्रमा फैलिएको मुन्धुम ट्रेलको परिपल्पना गरेका रमेशकुमार राई यतिबेला उपत्यका र उपत्यका वरपरका मानिसलाई मुन्धुम ट्रेल बुझाईरहेका छन्।
यसको महत्व के कस्तो छ?, किन घुम्ने? यहाँबाट के-के देख्न पाइन्छ? यो मार्गमा के-के कुरा खान पाइन्छ? आदि इत्यादि कहेर मुन्धुम ट्रेलको प्रवर्द्धनमा लागेका छन्।
काठमाडौंबाट नजिकै रहेको काभ्रेको नमोबुद्ध नजिक फूलबारीमा उनले मुन्धुम झल्काउने ठाउँको परिकल्पना गरेका छन्। उनी यहीँ बस्छन् र पूर्वी नेपालको मुन्धुम ट्रेलबारे चिन्तन गर्छन् र अरूलाई बुझाउँछन्।
कोरोनाकालसँगै निस्किएको उनको यो अवधारणाले यतिबेला मूर्त रूप लिदैछ।
पुर्ख्यौली घर भोजपुरका राईकै अगुवाईमा ४ वर्ष अगाडि मुन्धुम ट्रेलको एक्स्प्लोर गरेका हुन्।
यो सँगै कोरोना महामारीले जनजीवन अस्तव्यस्त बन्यो। ८ वर्ष अघि काभ्रेमा लिएको २७ रोपनी जग्गामा कसैले भाडामा लिएर होटल चलाउँदै थिए। तर कोरोनाले त्यो पनि बन्द भयो।
आफ्नो जग्गामा झार पलाउँदै गर्दा उनको मनमा मुन्धुम ट्रेललाई यहीँ बसेर प्रचार गर्ने उपाय पलायो। अनि शुरू भयो-मुन्धुम फार्म स्टे।
चल्दै गरेको होटल बन्द भएपछि झार पलाएर घारी बनेको ठाउँलाई आफैंले सफा गरि टहरा र बस्ने ठाउँ निर्माण गरे। नाम राखे-मुन्धुम फार्म स्टे।
काठमाडौंको कोटेश्वरबाट ४३ किलोमिटरको दूरीमा रहेको फार्मस्टेमा आउने पाहुनालाई उनी आफ्नै बारीमा फलाएका अर्गानिक खानेकुराहरू खुवाउँछन्। उनको भान्सामा मुन्धुम ट्रेल क्षेत्रमा पाइने सबै खानेकुरा पाक्छ।
बारीमा मौसमअनुसार अर्गानिक तरकारी फलाउने गरेका छन्। दुध र दहीका लागि भैंसी पालेका छन्। माछा पोखरीसमेत छ। कृषि पर्यटनको उदाहरण हो, मुन्दुम फार्म स्टे।
फार्म स्टे भ्रमणमा आउने पाहुनलाई मुन्दुम पदमार्गमा पाइने खानपिन, रहनसहन र विशेषताको सूचनासमेत दिने गर्छन्। मुन्दुमी संस्कृतिको सानो झलक यहाँ देखिन्छ।
सञ्चालक राईकाअनुसार फार्मस्टेमा किराँती परिकार वाचीपा, बंगुरको सेकुवा, लोकल कुखुरा, धराने सुकुटी, कोदोको रक्सी, भोजपुरको टक्सारे रक्सी, ढिँडो खानाको सातै ग्रीन टी, मिन्ट टी, फ्रेश जुसलगायतका परिकार खुवाइन्छ।
कृषिसँगै पर्यटन र ब्यवसायलाई जोड्दा जिविकोपार्जन सहज हुने उनको धारणा छ। पर्यटकको आकर्षण सँगै कृषि सामाग्रीको बिक्री हुने भएर फार्मस्टेको परिकल्पना गरेको उनले बताए।
एउटा पर्यटकीयस्थल नमोबुद्धमा बसेर अर्को पर्यटकीय स्थल मुन्धुम ट्रेलको प्रचार प्रसार गर्न पाउँदा उनी दंग छन्। मुधुम फार्मस्टेमा बास बसेर हिँड्दै आधा घण्टामै नमोबुद्ध घुम्न सकिन्छ। एक रात एक दिन बसेर थोरै रकममा पूर्वी नेपालको आनन्द लिन सकिन्छ। २२ सय रूपैयाँमा डिनर, ब्रेकफास्ट र रूम पाइन्छ।
काठमाडौंको व्यस्त र भाग/दौडको जीवनदेखि केही समय शान्त वातावरणमा रमाउन चाहनेका लागि यो उत्कृष्ट ‘होलिडे स्पट’ हो।
समुद्र सतहदेखि करिब २ हजार मिटरमा रहेको मुन्दुम फार्मस्टेबाट मौसम सफा हुँदा पूर्वतिर लाङ्टाङ हिमालको लामो लर्कन अवलोकन गर्न सकिन्छ।
मध्यपहाडी क्षेत्रका गाउँ/बस्तिका प्यानोरमिक भ्यू, आरमदायी कोठा, अर्गानिक खाना, शान्त वातावरण र क्याम्पिङको व्यवस्था पनि छ।
यहाँ एक रातमा एकै पटक ३५ जनासम्म पाहुनालाई राख्ने क्षमता छ।
फार्म स्टे भ्रमणमा आउने पाहुनाले कोशेलीको रूपमा मुन्दुम ट्रेल क्षेत्रमा पाउने भीर मौरीको मह, चौरीको घ्यू, कोदोको रक्सी, भेडाको सुकुटी किनेर लैजान सक्छन्।
कसरी पुग्ने?
काठमाडौंबाट बनेपा-धुलिखेलहुँदै काभ्रे भञ्ज्याङ्। त्यहाँबाट नमोबुद्ध जाने बाटो पछ्याउँदै ४ किमीको दुरीमा फूलबारी पुगिन्छ।
फूलबारी बजारबाट थोरै अगाडि दायाँतर्फ ढलान गरेको उकालो बाटो चढेपछि पुगिन्छ मुन्दुम फार्म स्टे। यहाँसम्म निजी गाडी, मोटरसाइकल र स्कुटरबाट सहज पुग्न सकिन्छ।
थप जानकारीको लागि सम्पर्क: ९८४००५४२०४ र ९८१०३३९३३४
भिडिओ
तस्बिरहरू