चाइना साउथर्न एयरलाइन्सले नेपालमा पुनः उडान गर्ने भएको छ।
आगामी मंसिर १३ (नोभेम्बर २९) बाट उक्त एयरलाइन्सले ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ उडान गर्न लागेको हो।
एयरलाइन्सले सातामा एक उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यसका लागि प्राधिकरणले चाइना साउथर्नलाई उडान अनुमति दिइसकेको छ।
कोरोना माहामारीमा उक्त एयरलाइन्सले उडान बन्द गरेको थियो।
चीन सरकारले कोरोनासम्बन्धी मापदण्ड केही खुकुलो पारेसँगै उक्त एयरलाइन्सले पुनः उडान गर्न लागेको हो।
हाल एयर चाइना र हिमालय एयरलाइन्सले नेपाल–चीन–नेपाल उडान गरिरहेका छन्।