पोखरामा चार दिनसम्म अमेरिकी र युरोपियन प्रशिक्षकहरूले स्काई डाइभ गराउने भएका छन्।
स्काई डाइभको शुल्क ९५ हजार तोकिएको छ। जेनजात्रा एडभेन्जरले पोखरामा स्काइ डाइभ गराउन लागेको हो।
जनेजात्रामार्फत बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।
पोखराको पामेबाट हेलिकप्टरले १३ हजार फिटको उडान भरेपछि त्यहाँबाट स्काई डाइभ हुनेछ।
उडानदेखि अवतरणसम्मको अवधि १४ मिनेटको हुने कम्पनीले जनाएको छ।
स्काई डाइभको फोटो तथा भिडियो पनि त्यही रकममा समावेश हुने कम्पनीको भनाइ छ।
मौसम प्रतिकुलता वा अन्य कारणले स्काई डाइभ हुन नसके कम्पनीले पैसा फिर्ता गर्ने समेत बताएको छ।