पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका कारण एक सातासम्म नियमित उडान प्रभावित हुने भएको छ।
मंसिर ५ गतेदेखि १२ गतेसम्म एरोथाइ जहाजले दैनिक अधिकतम पाँच घण्टाको समय क्यालिब्रेसन उडान गर्नेछ।
यस समयमा पोखराको पुरानो आन्तरिक विमानस्थलबाट हुने नियमित उडान समेत प्रभावित हुनेछन्।
यसका पोखरालाई गन्तव्य बनाएर उडान गरिरहेका वायुसेवाहरूले उडानमा असर पर्ने भन्दै यात्रुहरूलाई सूचना जारी गरेका छन्।
यती एयरलाइन्सले शुक्रबार सूचना जारी गर्दै क्यालिब्रेसन अवधिभर उडान प्रभावित हुने बताएको छ।