बेस्ट एयरलाइन्स अवाड्स (बान)ले आगामी डिसेम्बर १३ मा नेपाली आकासमा उडान भरिरहेका वायुसेवालाई विभिन्न १६ विधामा अवार्ड दिने भएको छ।
उक्त अवार्डका लागि बानले विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित नोमिनेसन बोर्ड गठन गरेको छ। हाल ९ सदस्य रहेको सो बोर्डले पहिलो बोर्ड बैठक राखी कार्य प्रारम्भ गरेको छ।
उक्त विधामा नोमिनेसन भएका वायुसेवालाई विभिन्न माध्यमबाट सर्वसाधरण, ट्राभल एजेन्सि र वायुसेवा स्वयंले समेत गर्न सक्ने भोटिङमा रहने अशुद्धि हटाई अवार्डको नोमिनेसनलाई सहजता र मर्यादित बनाउने मुल उद्देश्य रहेको बानले जनाएको छ।
नोमिनेसन बोर्डले आपासी छलफलका माध्यमबाट सबैखाले नियम तथा कार्यपद्धती बनाउन सक्ने अधिकार सम्पन्न रहेको सस्तो टिकेट्स् वेष्ट एअरलाइन्स अवार्डस्का उपाध्यक्ष्य लाल चन्द्र गौतमले बताए।
नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने र नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथ 'सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवाडर्स नेपाल २०२२' घोषणा गरिने भएको हो।
यस अवार्डको नोमिनेसन बोर्डमा नायिका बर्षा राउत, इतिहाद एअरवेजकी पूर्व महाप्रबन्धक पावना श्रेष्ठ, नाटाकी गिता ढकाल, एक्टिभ उमन अफ नेपालकी अध्यक्ष बाबा सरकार श्रेष्ठ, खल्तीका सहसंस्थापक अमित अग्रवाल, सेलिब्रेटी फोटोग्राफर राज भाई सुवाल रहेका छन्।
त्यस्तै, इन लाईट सेफ बेद अधिकारी, स्प्यारो एसएमएसका सह संस्थापक मनिस मोदी र गैरआवसीय नेपाली संघकी पूर्व उपाध्यक्ष सपिला राजभण्डारी रहेका छन्।
नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने यो अवार्ड हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन्।