बुद्ध एयरलाइन्सले एटिआर–७२ जहाजबाट काठमाडौं–सुर्खेत दैनिक दुई उडान गर्ने भएको छ।
बुद्धले आगामी बुधबार (२१ डिसेम्बर) देखि दैनिक दुई उडान गर्न लागेको हो।
बुद्धले पहिलो उडान बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११:३५ बजे सुर्खेतबाट काठमाडौं उडान गर्ने बताएको छ।
त्यस्तै दोस्रो उडान १:२५ बजे काठमाडौंबाट सुर्खेत र ३ बजे सुर्खेतबाट काठमाडौं गर्नेछ।
यात्रुको बढ्दो माग र सुविधाका लागि बुद्धले एटिआर–७२ मार्फत दैनिक दुई उडान गर्न लागेको कम्पनीले जनाएको छ। ठूला जहाजको उडानमा कम भाडादरका सिटहरू पनि उपलब्ध हुनेछन्।
त्यस्तै, यस गन्तव्यमा न्यूनतम भाडादर सात हजार रूपैयाँबाट सुरू हुने कम्पनीले जनाएको छ।
बुद्धले शुक्रबार (पुस १) गतेबाट एटिआर जहाजमार्फत काठमाडौं–सुर्खेत उडान गरिरहेको छ।