बुद्ध एयरले सुर्खेत विमानस्थलमा आइएफआर प्रविधि जडान गर्न अनुरोध गरेको छ।
आइएफआर प्रविधि सुर्खेत विमानस्थललाई यात्रुमैत्री बनाउनका लागि बुद्धले नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरेको हो।
हाल विमानस्थलमा भिएफआर प्रविधिमा सञ्चालनमा रहेको छ। मौसम प्रतिकुल र ढिला हुँदा उडान रद्द हुने सम्भावना उत्तिकै रहेकाले बुद्धले यस्तो अनुरोध गरेको हो।
देशका अन्य विमानस्थलमा जस्तै सुर्खेतमा पनि आईएफआर प्रविधि जडान भएमा उडान भर्न सजिलो हुने कम्पनीले जनाएको छ। उक्त प्रविधिमा कम भिजिविलिटीमा पनि उडान भर्न सकिन्छ।
आइएफआर प्रविधि जडान भएमा साँझ राति पनि उडान भर्न मिल्ने र यात्रुलाई आफ्नो समय अनुकुल आउजाउ गर्न थप सहज हुनेछ।
बुद्धले १६ डिसेम्बरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एटिआर–७२ जहाजबाट उडान सञ्चालन गरेको छ।
ठूलो जहाजबाट उडान गर्दा भाडादर पनि थप सहज र सरल भएको छ।
यात्रुहरुको माग र अनुरोधलाई ध्यानमा राखी बुद्ध एयरले २१ डिसेम्बरबाट अर्को उडान पनि गर्ने जनाएको छ।