पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सले आगामी आइतबार डेमो (प्रदर्शन) उडान गर्ने भएको छ।
डेमो उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्यलाई अनुमति दिएको छ।
सरकारले पुस १७ (जनवरी १) मा विमानस्थल उद्घाटनको तयारी गरेको छ।
सोही दिनबाट सौर्यले काठमाडौं–पोखरा उडान सुरू गर्ने बताएको छ। त्यसका लागि सौर्यले डेमो उडान गर्न लागेको हो।
सौर्यले ५० सिट क्षमता भएको जेटमार्फत काठमाडौं–पोखरा–काठमाडौं दैनिक चार उडानको तयारी गरेको जनाएको छ।
यसका लागि एयरलाइन्सले प्राधिकरणसँग अनुमति मागेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए। सौर्यले आन्तरिकतर्फ जेट विमानमार्फत पहिलो उडान सौर्यले गर्नेछ।