चीन हुँदै अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप लगायतका मुलुक छिर्ने हवाई 'ट्रान्जिट' खुला भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिड लकडाउनका कारण रोकिएको हवाई 'ट्रान्जिट' आजदेखि खुला भएको हो।
चीनको ध्वजाबहाक वायुसेवा एयर चाइनाले आज (जनवरी ८)बाट चीन हुँदै तेस्रो मुलुकका लागि ट्रान्जिट फ्लाइट सुरू गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार काठमाडौंबाट छेुन्दु हुँदै चीनका सबै सहर र अरू अन्तर्राष्ट्रिय रूट एयर चाइनाले खुला गरेको हो।
ट्रान्जिट फ्लाइट सुरू भएसँगै अब टिकट सस्तो हुनुकै साथै यात्रुलाई सहज हुनेछ।