सरकारले थाइल्याण्डका लागि नेपाली पर्यटन सद्भावना दूतमा बरूणी आचार्यलाई नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आचार्यलाई चार वर्षका लागि थाइल्याण्डका लागि नेपाली पर्यटन सद्भावना दूतमा नियुक्त गरेको हो ।
सरकारले विश्व पर्यटन बजारमा नेपालको छवि स्थापित गर्न सक्ने व्यक्तिलाई पर्यटन सद्भावना दूत नियुक्त गर्नसक्ने कानुनी व्यवस्था छ ।
आचार्य थाइल्याण्डमा होटल, पर्यटन तथा निर्माण क्षेत्रमा कार्यरत छिन्। नेपाललाई आकर्षक पर्यटन केन्द्रको रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आफूले योगदान गर्ने आचार्यले बताइन्।