राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोषलाई ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रूपैयाँ भुक्तानी गरेको छ। एयरलाइन्सले कोषलाई किस्ता वापतको रकम बुझाएको हो
एयरलाइन्सले शनिबार विज्ञप्ति जारी गर्दै निगमले जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको जनाएको हो।
'कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको रकम पछिल्लो पटक पुस २९ गते भुक्तानी गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
यसअघि निगमले गत असार ३० गते एक अर्ब ३५ करोड र कात्तिक १ गते ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको पनि जनाएको छ।
विगतमा विविध कारणले सञ्चय कोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभइरहेकामा पछिल्ला दिनमा नियमित रूपमा किस्ता तिर्दै आएको निगमले जनाएको छ।