हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं उडान पुन: सुरू गरेको छ।
हिमालयले मंगलबार (माघ ३) गतेबाट चीनको राजधानी बेइजिङमा उडान सुरू गरेको हो। बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एक पटक उडान गर्ने एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सको पहिलो उडान मंगलबार एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहानको १० बजेर ४१ मिनेटमा प्रस्थान गरेको थियो। त्यस्तै बेइजिङ इसक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बेलुका ५ बजेर ४ मिनेटमा अवतरण गरेको थियो।
'चिनियाँ नयाँ वर्षको विदाको सिजन नजिकिँदै गर्दा, चीन र नेपालका राजधानीहरूबीच सिधा उडानहरू पुनः सुरू गर्न हाम्रा लागि उत्तेजक छ यस सन्दर्भमा हामी चीनबाट नेपाल आउने यात्रुहरूलाई अझ बढी सेवा प्रदान गर्ने र त्यसको साथै पर्यटन र व्यापारमा टेवा पुर्याउने कुरामा आशावादी छौं' प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भने, 'हामी यो कनेक्टिभिटी पुनः स्थापना गर्न पाउँदा धेरै खुसी छौं र बढ्दो फ्रिक्वेन्सीको साथ हाम्रा यात्रुहरूलाई सेवाअ प्रदान गर्न तत्पर छौं।'
यसअघि एयरलाइन्सले कोभिडका कारण यो गन्तव्यमा उडान स्थगित गरेको थियो। करिब ३ वर्षपछि हिमालयले यो गन्तव्यमा उडान थालेको हो।
राउन्ड ट्रिपका लागि करिब २ घण्टा उडान समय घटेको कारण हिमालय एयरलाइन्स ट्रान्स हिमालयन रुटबाट ल्हासा हुँदै नेपाललाई उत्तरी चीनसँग सीधा जोड्ने नेपालमा स्थित पहिलो वायुसेवा कम्पनी रहेको एयरलाइन्सले जनाएको छ।