नेपाल पर्यटन बोर्ड र पुम नेदरल्याण्डसको सहकार्यमा पर्या र कृषि पर्यटनलाई दिगो बनाउने विषयमा झापा, इलाम र काठमाडौंमा तालिम आयोजना गरिएको छ।
दक्ष जनशक्ति उत्पादन गरी दिगो पर्यटनका लक्ष्य प्राप्त गर्ने उद्देश्यले आयोजित तालिम कार्यक्रममा होटल ब्यवसायी, समुदायमा आधारित पर्यटन सञ्चालन गर्ने, साना मझौला पर्यटन ब्यवसायी, सामूदायिक वन उपभोक्ता र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।
काठमाडौंमा २०७९ माघ ४ मा आयोजित तालिम कार्यक्रममा ५० सहभागी थिए। त्यसैगरी २०७९ पुस २९ मा झापामा भएको तालिममा ८५ सहभागी थिए।
कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा पल भ्यान रेक थिए। झापाको कार्यक्रम संयोजन होटल ब्यवसायी संघ झापाले गरेको थियो।
विश्व परिवेशमा दिगो पर्यटनको विषय गहन रुपमा उठिरहेको सन्दर्भमा यो तालिम आयोजना गरिएको हो।
वार्षिक क्यालेण्डर बनाएर पर्यटनका विभिन्न क्षेत्रलाई प्रशिक्षण दिने, सिपलाई पूनरताजगी गर्ने नेपाल पर्यटन बोर्डको लक्ष्य अनुरुप तालिम कार्यक्रमहरु नियमित रुपमा आयोजना भइरहेको छ।
आ.व. २०७८/७९ मा जम्मा ९ सयलाई तालिम दिइएको थियो।