होटल रोयल सिंगीले २५औं वार्षिकोत्सव मनाएको छ।
आतिथ्य सेवामा २५ वर्ष पूरा गरेको अवसरमा शुक्रवार होटलको वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको छ।
होटलले ट्राभल तथा टुर अपरेटर, कर्पोरेट र व्यापारिक घरानाहरूमा संलग्न व्यक्तिहरूको सहभागितामा वार्षिकोत्सव मनाएको बताएको छ।
होटलका सञ्चालक एवम् अध्यक्ष टासी घलेले उत्कृष्ट नेपाली आतिथ्य प्रदान गर्ने लक्ष्यका साथ स्थापित होटलसँग सहयात्रा गर्ने सबै ट्राभल र ट्रेकिङ अपरेटर, एयरलाइन्स, कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, संघसंस्था र अतिथिहरूप्रति कृतज्ञता व्यक्त गरे।
होटलले अझै स्तरीय रूपमा समयानुकूल आतिथ्य सेवा प्रदान गर्ने घलेले बताए।
होटलको २५ वर्षे यात्रालाई परम्परा, विकास र विरासतको रूपमा स्थापित गर्दै पाहुनालाई विशेष सुविधा उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
आगामी फेब्रुअरी १ गते अतिथिहरूले होटलका विभिन्न सेवामा विभिन्न छूट पाउने उनको भनाइ छ।
होटलले विगत २५ वर्षमा प्राप्त गरेका अनुभव र बदलिँदो आधुनिक परिवेशमा समयानुकुल र अझै स्तरीय रुपमा आफ्नो सेवा सुविधा प्रदान गर्ने बताएको छ।
होटलमा डिलक्स र एक्जुकेटिभ कोठाहरू, सिग्नेचर सुइटस र बेस्पोक रेसिडेन्सी, ३ वटा खाना र पेय पदार्थका आउटलेटहरू छन्।
त्यस्तै ५ वटाभन्दा बढी परिष्कृत सुविधा सहितका कार्यक्रम र बैठक गर्ने ठाउँहरू रहेका होटलको भनाइ छ।