दोलखाको सदरमुकाम चरिकोट चरिघ्याङमा ‘होटल दृश्य’ सञ्चालनमा आएको छ।
व्यवसायी बाबुराजा श्रेष्ठले ३ करोड ५० लाख लगानीमा यो होटल सञ्चालनमा ल्याएका हुन्।
दोलखा घुम्न पुग्ने आन्तरिक र विदेशी पर्यटकका लागि 'होटल दृश्य' फोटो र भिडियोका लागि मुख्य भ्यू प्वोइन्ट बन्ने उनले बताए।
होटल दृश्यमा ११ वटा कोठा छन्। यसमध्य तीन वटा अफिसका लागि र बाँकी ८ वटा पाहुनाका लागि छुट्याइएको छ। सबै कोठाहरु डिलक्स रहेका छन्। एटेच बाथरुम सहित विद्युतिय प्रविधिमा टु वे प्रणाली जडान छ।
होटलमा छुटै मिटिङ हल पनि छ। जहाँ बर्थ डे सेलिव्रेसन, अन्य भेटघाट तथा कार्यक्रम गर्न सकिने शाहीले बताए।
होटलको विद्युतीय लाइटमा मिट, लाइट र वाम प्रविधि जडान गरिएको छ। होटलमा दुई पांग्रे र चार पांग्रे सवारीसाधनका लागि पार्किङ व्यवस्था रहेको छ।
विशेषगरी नेपाली अर्गानिक थकाली खाना पाइन्छ। साथमा कन्टिनेन्टल, चाइनिज र इन्डियन खाना पाइन्छ। साथै तामाकोशीको माछा यहाँको विशेष परिकारमध्येमा पर्छ।
होटल दृश्यको अर्को विशेषता भनेको थ्री फेज लाइन जडान गरिएको छ। विद्युतिय सवारी साधनका लागि रिचार्ज गर्न मिल्ने प्रविधि पनि रहेको छ।
चरिकोटमा उच्च स्तरीय सुविधासहित होटल सञ्चालनमा ल्याउने शाही पहिलो पटक हस्पिटालिटीमा जोडिएका हुन्।
३२ वर्षीय शाही यसअघि अन्य व्यवसायमा आवद्ध थिए। पर्यटकीय केन्द्रका रूपमा चिनिने दोलखामा होटल बनाउने उनको सोच भने पहिलेदेखि नै थयो।
'दोलखामा भित्रिने पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा होटल दृश्यमा ल्याएको छु। होटल प्रविधिमैत्री छ' उनले भने, 'यहाँबाट शैलुङ, कालिञ्चोक, गौरीशंकरको रमणीय दृश्य देखिन्छ। चरिघ्याङ धार्मिक हिसावले प्रसिद्ध क्षेत्र हो। होटल निर्माणसँगै यहाँको गतिविधिमा थप सहयोग पुग्नेछ।'
होटलबाट चरिकोटको दृश्यसँगै दोलखाको धार्मिक तथा पर्यटकीय गनतव्यहरू सजिलैसँग देखिने भएकाले उनले होटलको नाम 'होटल दृश्य' राखेको उनले बताए।
दोलखामा पर्यटन प्रवर्द्धनसँगै आन्तरिक तथा विदेशी पर्यटकका लागि होटल दृश्य पहिलो गन्तव्य हुनेमा उनी विश्वस्त छन्।
२०७८ साल मंसिरबाट होटल निर्माण सुरू गरिएको थियो। एक वर्षमै निर्माण सम्पन्न भएको यो होटल बिहीबार नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले उद्घाटन गरेका छन्।
होटलमा सवारी साधन पार्किङदेखि मनोरञ्जनका लागि रुफटपमा छुटै सुविधा व्यवस्था गरिने सञ्चालक होटल सञ्चालक शाही बताउँछन्। होटलको टपबाट सिंगो दोलखाको दृश्य ३६० डिग्रीमा हेर्न सकिनेछ।