मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले काठमाडौंको चन्द्रागिरि भ्रमण गरेका छन्।
शनिबार बिहान उनले चन्द्रागिरिको भ्रमण गरेका हुन्।
उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए।
गृहमन्त्री नासुसनले भ्रमणका क्रममा एकीकृत पर्यटकीय पूर्वाधार मलेसियाको पूर्वाधारसँग मिल्दोजुल्दो रहेको बताए। त्यस्तै थप पर्यटकीय पूर्वाधार निर्माणमा नेपाललाई सफलता मिलस् भनेर शुभकामना समेत व्यक्त गरे।
आइएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल आइएमईको व्यावसाय विस्तारका क्रममा लामो समय मलेसिया बस्दा त्यहाँको ग्यान्टिङ्ग हाइल्याण्डबाट प्रभावित भई यो परियोजना निर्माण गरेको हिल्सले जनाएको छ।