हिमालय एयरलाइन्सले शनिबार (भोलि) बाट चीनको राजधानी बेइजिङमा फेरि उडान सुरू गर्ने भएको छ।
हिमालयले यो रुटमा फेरि नियमित उडान सुरू गर्ने भएको हो।
एयरलाइन्सले काठमाडौंबाट बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा एक उडान गर्ने जनाएको छ।
कोरोना भाइरसको महामारीसँगै चीनका अधिकांश गन्तब्यको उडान अवरुद्ध भएको थियो।
चीनले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई चीनमा उडानको अनुमति खुला गर्दै गइरहेको छ। यसैअनुरूप हिमालयले पनि भोलिबाट उडान सुरू गर्ने कम्पनीले जनाएको छ।
सिधा उडानमार्फत चीनबाट नेपाल आउने यात्रुहरूलाई अझ बढी सेवा प्रदान गर्ने र त्यसको साथै पर्यटन र व्यापारमा टेवा पुर्याउने कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए।
'यो कनेक्टिभिटी पुनः स्थापना गर्न पाउँदा धेरै खुसी छौं र बढ्दो फ्रिक्वेन्सीको साथ हाम्रा यात्रुहरूलाई सेवा प्रदान गर्न तत्पर छौं' उनले भने।