आगामी वैशाख २० गतेदेखि २४ गते (मे ३ देखि ७) सम्म अष्ट्रेलियाको नमस्ते रेष्टुरेन्टमा फुड प्रवर्द्धन कार्यक्रम हुने भएको छ।
नेपाली फुड प्रवर्द्धनका लागि अष्ट्रिलयन प्यासिफिक इन्टरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा उक्त कार्यक्रम हुन लागेको हो।
स्वदेशी फुडलाई संसारभर प्रचारप्रसार गरिरहेका मास्टर सेफ सन्तोष साहले अष्ट्रेलियनहरूलाई नेपाली खानाको स्वाद र परिकारहरू पस्कनेछन्।
उनको मेनुमा २० प्रकारका नेपाली खानाको परिकार हुनेछ।
कार्यक्रममा जानका लागि टिकट मुल्य प्रतिव्यक्ति एक सय ८० देखि दुई सय अष्ट्रलियन डलर तोकिएको छ।