गत बुधबारदेखि बन्द रहेको गुण एयरको सेवा पुनः सुरू हुन अझै तीन दिन लाग्ने भएको छ।
जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइट तालिममा रहेकाले तीन दिनदेखि उडान बन्द रहेको र सुरू हुन अझै तीन दिन लाग्ने कम्पनीका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए।
'पाइलटलाई दिनुपर्ने तालिम र जहाजका लागि आवश्यक स्पेयर पार्टस् आइपुग्न केही समय लाग्ने भयो', उनले भने, 'एकैपटक दुबै काम भएकाले केही दिनका लागि हामीले उडान बन्द गरेका हौं। यसबारे यात्रुलाई खबर गरेका पनि छौं।'
बन्द रहेको उडान आइतबार/सोमबारसम्म पुनः सुरू हुनेछ।
गुणले हाल तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ।