नेपालमा अहिले विदेशीभन्दा अन्तरिक पर्यटकहरूको चहलपहल बढी छ। पर्यटन चलायमान राख्न र विकासमा पछिल्लो समय आन्तरिक पर्यटकको योगदान धेरै रहेको पर्यटन व्यवसायीहरूले बताएका छन्।
विभिन्न पर्यटकीय गन्तव्यमध्ये चितवन लोकप्रिय माानिन्छ। चितवन छिर्नेबित्तिकै हिजोआज नारायणी किनारमा विश्राम लिने र नारायणीमा मोटरबोटमा सरर चढेर मज्जा लिने मानिसहरू प्रशस्त भेटिन्छन्।
नारायणी किनारको रमणीय दृश्यले पनि मानिसहरू यहाँ आकर्षित हुने गरेका छन्।
यहाँ मोटरबोट नै नचढे पनि यहाँको वातावरणले मानिसहरूलाई लोभ्याउने गरेको स्थानीय व्यवसायीहरू बताउँछन्। सुन्दर दृश्य र अनुकूल मौसमका कारण यहाँ ठूला ठूला मेला तथा महोत्सव पनि लाग्ने गरेका छन्।
मोटरबोट मात्र नभई यहाँबाट सूर्यास्तको सुन्दर दृश्य पनि देख्न सकिन्छ।
हेर्नुहोस् नारायणी किनार पुग्दै गर्दा देखिएका केही तस्बिरहरूः