सन् २०२३ को फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो महिनाभन्दा १८ हजारले बढी हो। यसअघि जनवरीमा ५५ हजार ७४ जना पर्यटक भित्रिएका थिए।
पर्यटन बोर्डको तथ्यांकअनुसार फेब्रुअरीमा ७३ हजार दुई सय ५५ जना पर्यटक भित्रिएका हुन्।
यसमा सबैभन्दा धेरै भारतीय पर्यटक छन्। बोर्डको तथ्यांकअनुसार फेब्रुअरीमा १८ हजार १ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन्।
त्यस्तै अमेरिकाबाट ७ हजार ८८७, थाइल्यान्डबाट ४ हजार ८०२, बेलायतबाट ४ हजार ३४५, दक्षिण कोरियाबाट ३ हजार २४६ र अष्ट्रेलियाबाट २ हजार ९६९ जना पर्यटक भित्रिएका छन्। यस महिना नेपाल घुम्न आउँने चिनियाँ पर्यटकको संख्या पनि बढेको छ। बोर्डकाअनुसार चीनबाट २ हजार २६६ पर्यटक भित्रिएका छन्।
यसअघि सन् २०१९ मा एक लाख २ हजार ४२३ जना र सन् २०२० मा ९८ हजार १९० जना पर्यटक भित्रिएका थिए। कोरोना माहामारीले सन् २०२१ को फ्रेबुअरीमा भने ९ हजार १४६ र सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल भित्रिएका थिए। अब भने पर्यटक आगमको संख्यामा सुधार हुँदै गएको देखिन्छ।