हवाईमार्फत चीन यात्रा गर्ने यात्रुले आजबाट दुई वटा नियम पालना गर्नुपर्ने भएको छ।
नेपालबाट चीन नियमित उडान गर्दै आइरहेको हिमालय एयरलाइन्सले आज (बुधबार) बाट लागु हुने गरी दुई वटा नियम सार्वजनिक गरेको हो।
जसअनुसार अब चीन जाने यात्रुले कोभिड–१९ को लागि बोर्डिङ अघि ४८ घण्टा भित्रको न्यूक्लिक एसिड टेस्ट वा एन्टिजेन–रेपिड टेस्ट (एआरटी वा एआरटी–घरेलु–परीक्षण) गर्नु पर्नेछ।
परीक्षणको नतिजा आएमा मात्र चीनमा यात्रा गर्न सकिने उक्त सूचनामा उल्लेख छ। नतिजा पोजेटिभ आयो भने कोभिड–१९ रिर्पोट नेगेटिभ आएपछि मात्र यात्रा गर्न सकिनेछ।
त्यस्तै, अर्को नियम हो, यात्रुले आफ्नो नेगेटिभ परीक्षण परिणाम चिनिया भन्सारलाई जानकारी गराउनुपर्छ।
यसका लागि भने ‘एचटीटीपीएसःएचटीडीइसीएल.चाइनापोर्ट.जीओभी.सीएन’ मा रहेको वी च्याट मिनी प्रोग्राम वा चाइना भन्सार एपमार्फत हेल्थ डेक्लेरेसन फारम भरेर जानकारी गराउनु पर्नेछ।
यात्रुले एयरपोर्ट चेकइनपछि हेल्थ डेक्लेरेसन कोड अप्लाई गर्नु पर्ने हिमालय एयरलाइन्सले जनाएको छ।