हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रु कारबाहीमा परेका छन्।
उडानका क्रममा टिकटक बनाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो।
बिहीबार काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच९-५६३ उडान नम्बरको जहाजमा पाकिस्तानको एयर स्पेसमाथि उडिरहेको समयमा उनीहरूले भिडियो बनाएका हुन्।
उक्त टिकटक भिडियोमा एक पुरुष र दुई महिला एयर होस्टेज रमाइरहेका देखिन्छन्।
यसलाई 'इनफ्लाइट सेफ्टी' विरुद्धको कसुर मानिन्छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार तीनै जनालाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारबाही हुनेछ।