तारा एयरका अपरेसन डाइरेक्टर कारबाहीमा परेका छन्।
नागरिक उड्डयन प्राधिकरणले उड्डयन सुरक्षा पालना नगरेको भन्दै ताराका अपरेसन डाइरेक्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ।
स्टल रुट उडानका इन्स्ट्रक्टर/एक्जामिनर पाइलट रहेका उनलाई पुनः तालिम दिएर काममा फर्काउनका लागि नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार यसअघि भोलुन्टरी रिपोर्टिङ सिस्टममार्फत को-पाइलट/क्याबिन क्रुलाई राम्रो व्यवहार नगरेको सुरक्षामा ध्यान नपुर्याएको भन्दै थुप्रै उजुरी आएपछि कारवाही अघि बढाइएको हो।
'ताराका अपरेसन डाइरेक्टर विरूद्ध थुप्रै उजुरीहरू आएपछि प्राधिकरणले तत्काल उडान गर्न नपाउने गरी ग्राउन्डेड गरेको हो,' उनले सेतोपाटीसँग भने, 'उजुरीको छानबीन गरेर रिफ्रेसमेन्ट क्लासहरू लिन लगाएर मात्र फर्काउन सकिन्छ।'