नेपाल र अमेरिकाको संयुक्त आरोहण टोलीले अमेरिकाको अलास्कामा रहेको माउण्ट डेनाली आरोहण गर्ने भएको छ।
यसरी आरोहण गरेको यो दोस्रो टोली हो। टोलीले यस वर्ष अमेरिकी नागरिकले सगरमाथा आरोहण गरेको ६० वर्ष पुगेको उपलक्ष्यमा आरोहण गर्न लागेको हो।
माउण्ट डेनाली अमेरिकाको सबैभन्दा अग्लो शिखर हो।
अमेरिकी दूतावासमाका पब्लिक अफियर्स प्रमुख जैतराट ई विल्करसनले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच युएस नेपाल फ्रेण्डशिप टिमको झण्डा हस्तान्तरण गरे।
यस वर्ष सुरू हुने अभियान नेपालको तर्फबाट पासाङ फुर्वा शेपाले नेतृत्व गर्ने छन् भने अमेरिकाको तर्फबाट मार्क परेलाले गर्ने छन्। नेपाली टोलीमा विश्व तथा राष्ट्रिय रेकर्ड बनाएका पर्वतारोही समावेश छन्।
टोलीका अन्य सदस्यमा लाक्पा डेण्डी शेर्पा, थानेश्वर गुरागाई, मिङ्मा तेन्जी शेपा, छिरिङ पेम्बा शेर्मा, पेम्बा नुर्बु शेर्पा, पासाङ गेली शेर्पा र गेल्जी शेर्पा छन्।