पश्चिमी वायूले बंगालको खाडीबाट आउने मनसुनी वायूलाई विस्थापित गर्न नसक्दा देशका पूर्वी र मध्य क्षेत्रको मौसममा बदली भएको छ।
मंगलबार बिहान काठमाडौंसहित देशका पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ। वर्षासँग यी क्षेत्रमा चिसो बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्म पहाडी र हिमाली क्षेत्रमा मौसममा बदली हुने र बिहीबारदेखि बिहानैदेखि घाम लाग्ने बताएको छ।
‘अहिले मनसुनी वायू पनि सकिएको छैन, केही मात्रामा पश्चिमी वायू पनि प्रवेश गरेको छ त्यसले बदली भएको हो,’ महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘झरी पर्ने सम्भावना नभए पनि बुधबारसम्म बादल लाग्ने र हल्काफूल्का वर्षा हुने देखिन्छ। बिहीबारदेखि भने मौसम सामान्य हुन्छ।’