धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रौतहटको चन्द्रपुुर नगरपालिका रहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि स्थानीय रिक्सा चालकले सहयोग गरेका छन्। रिक्सा चलाएर आफ्नो परिवार धान्दै आएका उनले फाउण्डेसनलाई पाँच बोरा सिमेन्ट सहयोग प्रदान गरेका हुन्।
दैनिक तातो घाममा रिक्सा चलाएर पाँच जनाको परिवार पाल्ने केदारप्रसाद तिमल्सिना रौतहट जिल्ला वासिन्दा हुन्।
रौतहटमा बन्ने एकीकृत नमुना बस्ती निर्माणका लागि पाँच बोरा सिमेन्ट लिएर फाउण्डेसनको निर्माणाधिन बस्तीमै पुगेका तिमल्सिनाले भने, ‘सहयोग मनले गर्नुपर्छ।’ धुर्मुस सुन्तलीलाई सहयोग गर्न पाउनु आफैंमा गर्वको कुरा हो र मैले यो अवसर पाएको छु। सकेको सहयोग सधैं गर्नेछु।’