प्रहरीले लमजुङमा १७ किलो सुन पक्राउ गरेको छ।
मनाङबाट लमजुङको बेसीशहर जाँदै गरेका पासाङ लामा सुनसहित पक्राउ परेका हुन्।
'मोटरसाइकलमा मनाङबाट लमजुङतर्फ आउँदै गरेको मान्छेलाई हामीले नियमित चेकजाँच गर्दा सुन भेटिएको हो', लमजुङका प्रहरी प्रमुख पदमबहादुर बिष्टले भने।
प्रहरीले उनलाई मस्याङ्दी गाउँपालिको फुदी भन्ने ठाउँको पुल छेउमा पक्राउ गरेको हो।
फुदीमा नयाँ चेक पोस्ट स्थापना गरिएको प्रहरीले जनाएको छ।
सुन तिब्बत हुँदै मनाङको बाटो भएर आएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। 'पक्राउ पर्ने भरिया मात्र हो जस्तो छ', बिष्टले भने, 'हामी अनुसन्धान गर्दैछौँ।'