नाइजेरियाबाट नेपाल हुदैँ भारत बन्यजन्तु र पशुपन्छिको तस्करी गर्ने गिरोहलाई प्रहरीले संगठित अपराधको मुद्दा चलाउने भएको छ।
गत असोज ३१ गते पक्राउ परेका ३ जना भारतीय नागरिक, २ जना नेपाली नागरिक र १ जना पाकिस्तानी नागरिकलाई संगठित अपराधमा मुद्दा चलाइने सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
काठमाडौं सल्लाघारीका संजीव भारी, भारतका मोहम्द उष्मान, भारतकै मोहमद फइम, मोहमद शरिफ सहीद, त्रिभुवन विमानस्थलका भन्सार एजेन्ट राजकुमार तिवारी र पाकिस्तानी नागरिक जावेद अस्लाम खान बन्यजन्तु र पशुपन्छिको तस्करीमा पक्राउ परेका थिए।
उनीहरुले नाइजेरियाबाट २ वटा जिम्पान्जी, ८ वटा भारत, ७ वटा गोल्डेन फेजन चरा, २ वटा रिङनेट फेजन चरा, परेवा ३८ वटा र सुगा ६५ वटा नेपाल ल्याएका थिए।
उनीहरुलाई संगठित अपराध ऐन २०७० अनुृसार अनुसन्धान भइरहेको श्रेष्ठले बताए। संगठित अपराधमा उनीहरु दोषी पाइए ५ वर्षदेखि १५ वर्षसम्म वा ५ लाख रुपैयाँ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।