नेपाल पत्रकार महासंघले गैरआवासीय नेपाली संघका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई स्वागत तथा पूर्ण कार्य सफलताको शुभकामना व्यक्त गरेको छ ।
महासंघको सभाहलमा शनिबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले नेपाल पत्रकार महासंघ गैरआवासीय नेपाली संघसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए। महासचिव विष्टले गैरआवासीय नेपाली संघप्रति नेपाली जनताले ठूलो अपेक्षा राखेको हुँदा देश विकासका निम्ति गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न आवश्यक रहेको धारण व्यक्त गरे।
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार महासंघसंग सहकार्य गरेर अघि बढ्ने बताए। उनले महासंघमा ई–लाइब्रेरी स्थापना गर्न सहयोग गर्ने बताए।
अध्यक्ष भट्टले गैरआवासीय नेपाली संघलाई लगानी मैत्री वातावरण निर्माण गर्न सबैलाई आव्हान गरेका थिए।