शनिबार बेलुका ८ बजेपछि दाङका होटेल खोल्न नपाईने भएको छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाबलाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन बेलुका ८ बजे पछि होटेल खोल्न नपाउने निर्णय स्थानीय प्रशासनले गरेका हो।
चुनावको समयमा होटेलमा बसेर बिभिन्न चलखेल हुने गरेकाले शुक्रबार ईलाका प्रशासन कार्यालय तुलसीपुर, शसस्त्र प्रहरी बल तुलसीपुर, तुलसीपुर होटल ब्यबसायी समिति, सामुदायीक प्रहरी सेवा केन्द्र सम्मिलत बैठकले यस्तो निर्णय गरेको हो। ८ बजे पछि मदिराजन्य बस्तु किनबेच गर्न समेत नपाईने निर्णय भएको छ।
साथै बैठकले निर्वाचनको समय अवधिभर होटल तथा लजमा बस्न आएका ग्रहाकहरुको परिचयपत्र हेरी नाम ठेगाना र टेलिफोन नं. अनिबार्य रुपमा राख्ने निर्णय भएको छ। यदि निर्णय बिपरित कुनै होटेल ब्यबसायले कार्य गरेको पाईएमा कानुनी कारबाही गरिने समेत निर्णय भएको छ।