सुर्खेत प्रहरीले विष्फोटक पदार्थसहित १ जनालाई पक्राउ गरेको छ।
पन्चमुखी नगरपालिका ११ कुइँनेदेखि जामुतर्फ गइरहेको ध १ च १०६ नम्बरको जीपमा प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो । प्रहरीले डेटोेनेटर ६० थान, फ्युजवायर २२ थान र जिलेटिन ५५५ बरामद गरेको एसपी मोहन आर्चायले जानकारी दिए।
प्रहरीले जीप चालक किरण शाहीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ। चुनावलाई मध्यनजर गरेर विस्फोटक पदार्थ जिल्ला भित्र्याएको हुन सक्ने आंशकामा प्रहरीले चेकलाई कडा बनाएको छ।