बाल यौन दुराचारीको अभियोगमा काठमाडौंबाट एक जना नेदरल्याण्डका नागरिक पक्राउ परेका छन् ।
७५ वर्षका हेनरिकस एन्ड्रीअनुस जोसेफस क्रुइजसेनलाई पक्राउ गरिएको सिआइवीले जनाएको छ। उनले बालकहरुलाई ललाइ फकाए विभिन्न प्रलोभनमा पारेर बाल यौन दुराचार गरेको एसपी जीवन श्रेष्ठले जानकारी दिए।
कोटेश्वरीस्थित एक होटलबाट उनलाई पक्राउ गरिएको उनले बताए। उनको कोठाबाट पीडित बालकलाई उद्धार गरिएको छ।
जबर्जस्ती करणी अन्तर्गत उक्त बाल यौन दुराचार अपराधमा अधिकतम १३ बर्ष कैद सजाय तथा पिडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने कानुनी व्यवस्था रहेको छ ।