कैलालीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बैतडीबाट महेन्द्रनगर आउँदै गरेको ना ७ ख २७२६ नम्बरको बस बिहान साढे पाँच बजे चुरे गाउँपालिका– ३ मा दुर्घटनामा परेको थियो।
‘तीब्र गतिका कारण मोडमा नियन्त्रण गर्न नसकेपछि बस डेढ सय मिटर तल खस्यो,’ कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले भने, ‘घाइतेमध्ये २ जनालाई भारत पठाइएको छ भने ३२ जनाको अत्तरियामा उपचार भइरहेको छ।’