इराक र इरानको सीमावर्ती क्षेत्रमा ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार राति सवा ९ बजे भूकम्प गएको हो।
भूकम्पबाट इरानको पश्चिमी प्रान्त केर्मान्साहमा कम्तिमा १२९ जनाको ज्यान गएको अधिकारीहरूले बताएको बिबिसीले उल्लेख गरेको छ।
इराकमा भने ४ जनाको ज्यान गएको बताइएको छ। अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्।
रातको समयमा भूकम्प भएपछि मानिसहरु घर छोडेर सडकमा आएका छन्। कैंयौ शहरमा बिजुली काटिएको छ। बारम्बार आइरहेका परकम्प र रातको समय भएकाले उद्दारमा कठिनाइ भएको अधिकारीहरुले बताएका छन्।