एटीम कार्डको डाटा चोरी गर्ने बुल्गेरियन नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले भिटालिउ भासिलिइभिच नेकिटलाई पक्राउ गरेको हो । उनले नेपाल इन्भेष्टमेन्ट बैंको ठमेल चाक्सीबारीस्थित एटीएम मेसिमा स्किमर जडान गरेको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए। बैंकले दिएको हुलियाका आधारमा सिआइबीले उनलाई ठमेल नरसिंहचोकस्थित होटल डिस्कभरीबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले एटीएम कार्ड १८ र अन्य उपकरण बराद गरेको छ। पक्राउ अभियुक्तलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान कार्य भइरहेको सिआइबीले जनाएको छ।
हालसम्म ब्यूरोले विदेशी विरुद्ध गरिएको कारवाहीमा ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय गरी जम्मा १८ जना विदेशी नागरिकहरु पक्राउ गरेको छ। उनीहरुबाट हालसम्म नेपाली र ८८ लाख ६८ हजार ८५० , अमेरिकी डलर ७३ हजार ५ सय ८०, युरो ६४ हजार १ सय ७५ र १३२६ थान एटीएम कार्ड बरामद गरिएको छ।