जिल्ला प्रहरी कार्यालय रसुवागढीले केरुङबाट लुकाएर ल्याएको १७ किलो सुन बरामद गरेको छ। गाडीमा लुकाएर ल्याएको सुनसहित प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ।
बा ११ च ७९१८ नम्बरको जीपबाट भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरेको रसुवाका डिएसपी शरत कुमार थापाले सेतोपाटीलाई जानकारी दिए।
सुन कसको हो भन्नेबारे हालसम्म कुनै जानकारी नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।