जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषध विरुद्धको महाअभियान सुरु गरेको छ। जिल्लामा लागु औषधकर्ता धेरै पक्राउ परेपछि त्यसलाई निमूल पार्न अभियान संचालन गरिएको एसपी अशोक सिंहले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्ने मध्ये ५० देखि ६० प्रतिशत लागु औषध प्रयोगकर्ता छन् ।
३ महिनाको अवधिमा ७५ जना लागु औषध सेवनकर्ता पक्राउ परेका छन् ।
लागु औषध प्रयोग कर्ता अन्य अपराधहरुमा पनि सम्लग्न हुने गरेको र त्यसलाई रोकथाम गर्न सामाजिक सेवा समिति, आमा समूह, विभिन्न क्लवहरुसँग मिलेर अभियान संचालन गरेको उनले बताए।
साथै जिल्लामा रहेका ७२ वटा समिति गठन गरेर जनचेतना मुलुक काम समेत भइरहेको उनले बताए। प्रहरीले लागु औषध बढी हुने स्थानका साथै व्यक्तिको समेत प्रोफाइल तयार पारेको छ।
पोखरा पर्यटकिय नगर रहेको र पर्यटकहरु पनि लागु औषधमा सम्लग्न हुने आंशकामा पोखराका होटल तथा रेष्टुरेन्टहरुमा पनि निगरानी बढाएको उनले बताए।