चितवन प्रहरीले विस्फोटक पदार्थसहित २ जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकतालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दीपक भुसाल र अरुण गिरी रहेका छन्। भरतपुर ७ पीपलचोकमा चेकजाचका क्रममा उनीहरुको साथबाट ५ केजी जिलेटिन र विस्फोटक पदार्थ बनाउन लाग्ने तार बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयले निर्वाचन विरोधी गतिविधि हुन नदिन डिएसपी प्रभु ढकालको नेतृत्वमा स्पेशल अप्रेसन स्वाड गठन गरेको छ।
ढकाल नेतृत्वको टोलीले अहिलेसम्म ५ जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकतालाई पक्राउ गरेको छ।