आफुलाई कृषि कार्यालय खुमलटारको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।
सर्लाही मलंगवा ८ घर भइ ललितपुरको ग्वार्को बस्ने ३४ वर्षीय मनोज भन्ने संजिव कुमार साहलाई पक्राउ गरिएको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। उनले कात्तिक मसान्तभित्र कोरिया, जापान पठाइदिने र सवारी लाइसेन्स बनाइदिन्छु भन्दै पठाइदिन्छु ७ लाखभन्दा बढी ठगी गरेको उनले बताए।
उनले ललितपुर १४ नख्खिपोट बस्ने भिम कुमार माबोबाट २ लाख, ललितपुर २९ हरीसिद्धी बस्ने सुरेन्द्र नेम्वाङ्गबाट २ लाख ५६ हजार बौद्ध बस्ने धनलक्ष्मी थापाबाट २ लाख ५६ हजार ठगी गरेका थिए।
रकम ठगी गरेर उनी ग्वार्को स्थित सत्य साही गेष्ट हाउस लुक्दै आएका थिए