आफूलाई दशौं पुस्तासम्म एउटै कुलमा जन्मेको अवतारी लामा भएको दाबी गर्दै महिलामाथि यौन शोषण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोली दक्षिणकाली–१ चाल्नाखेलको गुम्बाबाट सिन्धुली कुशेश्वर दुम्चा–९ का टुल्कु लामालाई मंगलबार पक्राउ गरेको हो।
आफूलाई गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान बताउने लामाले जुनसुकै रोग निको पार्नसक्ने दैवी शक्ति भएको दाबी गर्दै आएका थिए।
उनले उपचार गराउन आएका महिलाको यौन शोषण गर्ने गरेको र कसैलाई भने ठूलो क्षति हुने र रोग बल्झिने धम्की दिने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।