नाइजेरियाबाट नेपालमा वन्यजन्तुको तस्करीमा सघाएको भन्दै नेपाल प्रहरीको सिआइबीले पशु क्वारेन्टाइन कार्यालय काठमाडौंका डाक्टरलाई पक्राउ गरेको छ।
कालिमाटी घर भइ पशु क्वारेन्टाइन कार्यालय काठमाडौंमा कार्यरत डाक्टर धिरेन्द्रबहादुर शाहलाई पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
उनले नाइजेरियाबाट नेपालमा तस्करी भएको चिम्पान्जी, बाँदर, गोल्डेन फेजन चरा, रिङनेट फेजन चरा, परेवा र सुगालाई ड्युटीमा रहेता पनि पशु क्वारेन्टाइन चेक नगरी पशु क्वारेन्टाइनको पत्र भन्सार एजेन्ट राजकुमार तिवारीलाई दिएका थिए।
तिवारी यसअघि पक्राउ परिसकेका छन् । त्यस्तै प्रहरी त्रिभुवन विमानस्थलका भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा चुडामणी दाहालसहित भारतीय र पाकिस्तानी नागरिकलाई पक्राउ गरेको थियो ।