सिरहामा अज्ञात समूहको गोली लागि २ जना प्रहरी गम्भीर घाइते भएका छन्। सिराहाको निरदनामा आइतबार भएको गोलीकाण्डमा गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते हुनेमा जीतना प्रहरी चौकीमा कार्यत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन्। गोली कसले र किन चलाएको भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको प्रहरीले जनाएको छ। सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।
घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला, धरान लगिएको छ।